नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

१३ भाद्र २०७८, आईतवार ११:२९

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक तर्फको १८ हजार कित्ता संस्थापक शेयर बोलकबोलमार्फत लिलामीमा ल्याएको हो ।

कम्पनीले यो शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैया तोकेको छ । आवेदके सो वा सो मूल्य भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

इच्छुक शेयरधनीहरुले भदौ २३ गतेसम्म न्युनतम १ हजारदेखी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीले जेठ २७ गते देखी असार १० गतेसम्म बोलपत्र आव्हान गरी ३२ हजार कित्ता शेयर बांडफाड पछि बाँकी रहेको शेयर पुन लिलामीमा ल्याएको हो ।

साथै तोकिएको अवधिभित्र प्राप्त बोलपत्र भदौ २४ गते अपरान्ह ४ बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडमो खोल्ने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*