तेह्रथुम पावरको आईपीओ भर्ने आज अन्तिम दिन

१३ भाद्र २०७८, आईतवार ०७:२०

काठमाडौं । सर्व साधारण सबैले भर्न पाउने गरी तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज दिन हो । आज अपरान्ह ५ बजेपछि आवेदन दिने म्याद समाप्त हुनेछ ।

भदौ ९ गतेदेखि आईपिओ निष्काशन गरेको कम्पनीको आईपिओ आजबाट बन्द हुनेछ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी हुन ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिनेछ ।

सो शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतममा ६० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेका कारण अन्य कम्पनीको तुलनामा उक्त कम्पनीको आईपिओ राम्रो मानिएको छ ।

आईपिओ भर्न चाहने सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा र मेरो शेयर एप तथा एनआईसी एसिया बैंकका ग्राहकले सोही बैंकको एपमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*