नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

१२ भाद्र २०७८, शनिबार १७:०६

काठमाडौं । नेप्सेमा यस साता तीन कम्पनीको शेयर सूचिकृत भएको छ । यो साता नेप्सेमा सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर र अपि पावर कम्पनीको हकप्रद सेयर र आरविवि म्युचुअल फण्ड–१ को इकाई सूचिकृत भएको हो ।

यो साता सूर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको १५ दशमलव ३५ प्रतिशत बोनस वापतको सेयर नेप्सेमा सूचिकृत भएको हो ।अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । कम्पनीको २९.३८ प्रतिशत हकप्रद वापतको शेयर सूचीकरण गरिएको हो ।

राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई १० रूपैयाँ अंकित दरले १२ करोड ५० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*