नबिल बैंक र पनौती नगरपालिकाबीच ब्यवसायिकरण र उद्यमशिलता विकासका सम्बन्धी सम्झौता

११ भाद्र २०७८, शुक्रबार १५:४४

काठमाडौं । नबिल बैंक र पनौती नगरापालिकाबीच ब्यवसायिकरण र उद्यमशिलता विकास सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाका मेयर भिम न्यौपाने तथा बैंकको बागमति प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले हस्ताक्षर गरेका हुन ।

ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रको ब्यवसायिकरण र उद्यमशिलता विकास लागि उक्त सम्झौता भएको हो । अब नगरपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम लिएर उद्यम गर्न चाहनेहरुलाई नगरपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने छ । साथै वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्न बैंकले जानकारी दिएको छ ।

उक्त कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बेैकले नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा प्रवाह गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*