गरिमा विकास बैंकले तीजको अवसरमा टिकटक प्रतियोगिता गर्दै

११ भाद्र २०७८, शुक्रबार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले तीजको अवसर पारी गरिमा तीजको लहर टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।तीज पर्वलाई सकारत्मक तरिकाले ब्याख्या गर्ने कुनै पनि गित तथा कन्सेष्टमा टिकटक भिडियो बनाउनुपर्नेछ । उक्त प्रतियोगितामा विजेताले ९ हजार, उप विजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार रुपैया र यसका साथै अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोलाई २ हजार रुपैया प्रदान गरिने बैंकले जानकारी दिएको छ । विजेता घोषण भिडियोमा आउने लाईकको आधारमा हुने छ ।

इच्छुक महिलाले भदौ १० देखी २४ गतेसम्म टिकटक भिडियोको क्यापनमा #Garimateejkolahar /र #Garimabikasbank   ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*