साहारा विकास बैंकको साधारणसभा भोलि, एजेण्डाहरु यस्ता छन्

११ भाद्र २०७८, शुक्रबार १३:०९

काठमाडौं । साहारा विकास बैंकले तीन ओटा आर्थिक बर्षको संयुक्त साधारण सभा भोलि (शनिवार) हुने भएको छ।कम्पनीले तीन आर्थिंक बर्षको वार्षिक साधारण सभा बिहान १०ः३० बजे होटल कुसुम एण्ड पार्टी प्यालेस मलंगवा सर्लाहीमा हुने भएको छ।

सभाले गरिमा विकास बैंकले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । प्राप्ति प्रयोजनको लागि सम्पन्न सम्झौतापत्र, सहमतिपत्र, संयुक्त प्राप्ति समिति गठन एवम् सयुक्त प्राप्ति समितिलाई आवश्यक कार्य गर्न सक्ने अख्तियारी प्रत्योजन गर्ने लगायतका प्राप्ति सम्बन्धी सञ्चालक समितिले गरेका निर्णयहरु संचालक समितिलाई दिने निर्णय भएको छ ।

साथै, सभाले २०७४/७५, आव २०७५/७६ र आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै आव २०७७÷७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*