कुमारी इक्विटी फण्डको सूचीकृत शेयरमा लगानी बढ्यो

११ भाद्र २०७८, शुक्रबार १२:५६

काठमाडौं। कुमारी इक्विटी फण्डले साउन मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्मा फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ ।फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयरमा ५४ करोड १४ लाख रुपैयाँ रहेकोमा वृद्धि भएर साउन मसान्तमा ६३ करोड ४८ लाख रुपैयाँ पुगेको हो ।

यस त्रैमासको अवधिसम्ममा योजनाको एनएभीमा पनि वृद्धि भएको छ । असार मसान्तमा फण्डको एनएभी रू. १० दशमलव ७२ रहेकोमा साउन मसान्तमा वृद्धि भएर रू. ११ दशमलव शून्य १ पुगेको हो । त्यसैगरी फण्डको नाफामा पनि वृद्धि भएको छ ।गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*