चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा, शोधनान्तर स्थिति बचतमा

११ भाद्र २०७८, शुक्रबार ११:५७

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ ।अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई रु.१५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई रु.१९ अर्ब ५१ करोड कायम भएको छ ।अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१९ अर्ब ४८ करोड रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*