एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा

११ भाद्र २०७८, शुक्रबार ११:३९

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ हजार ८ सय कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकको संस्थापक शेयरधनी उषा गोल्छाले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री लागि बैंकसमक्ष निवेदन दिएकोमा बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । आवेदनका लागि सम्पूर्ण कागजात सहित बैंकको रजिष्टार कार्यालय टे«ड टावर थापाथली काठमाडौमा निवेदन दिन सकिने छ ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*