भदौं १४ गते देशैभरि सार्वजनिक विदा दिने सरकारको निर्णय (गृह मन्त्रालयको सूचनासहित)

१० भाद्र २०७८, बिहीबार २२:३६

काठमाडौं । गृह मन्त्रालयले आज सूचना जारी गर्दै आगामी भदौं १४ गते देशैभरि सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

यही भदौं ३ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार सरकारले श्रीकृष्ण जन्माष्टमीका दिन गौरा पर्व समेत परेकोले भदौ १४ गते सार्वजनिक बिदा दिने निर्णय भएको सो दिन सबै कार्यालय बन्द रहने गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका सह–सचिव तथा प्रबक्ता फणिन्द्रमणि पोखरेलले आज सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेका हुन् ।

सो दिन सबै बैंक, वित्तीय संस्था, बीमा कम्पनीहरु बन्द हुनेछन् भने शेयर कारोबार समेत हुने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*