सानिमा बैंकद्धारा शैक्षिक छात्रवृत्ति आवेदन खुला, भदौ ३१ गतेसम्म आवेदन दिन पाईने

१० भाद्र २०७८, बिहीबार १८:१४

काठमाडौं । सानिमा बैंक शैक्षिक छात्रवृत्ति कार्यक्रमलाई यो बर्ष पनि निरन्तरता दिएको छ । बैंकले सन् २०१२ देखी संचालन गर्दै आएको शैक्षिक छात्रवृत्ति कार्यक्रम यो बर्ष पनि संचालनमा ल्याएको हो ।

उक्त कार्यक्रममा काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २ ( २ जना विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्न बैंकले जनाएको छ । बैंक सो कार्यक्रमका आज देखी २०७८ भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस कार्यक्रम अन्र्तगत शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका साथै अतिरित्त मासिक २ हजार नगदवृत्ति सहितको २ बर्षका लागि छात्रवृत्ति प्रदान गरिने छ ।

2 thoughts on “सानिमा बैंकद्धारा शैक्षिक छात्रवृत्ति आवेदन खुला, भदौ ३१ गतेसम्म आवेदन दिन पाईने

  1. राजेन्द्र सिंह भण्डारी says:

    Civil sub engineering study

  2. Rajendra Singh Bhandari says:

    मेरो सिभिल इन्जिनियर डिपलोमा पढने इच्छा छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*