तेह्रथुम पावर कम्पनीको आइपीओमा साढे गुणा बढीको आवेदन

१० भाद्र २०७८, बिहीबार १८:११

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओमा १३ लाख ८ हजार ५ सय ४४ जनाको आवेदन परेको छ ।कम्पनीको आइपीओमा १ करोड ७५ लाख ३ हजार ९५० कित्ताका लागि आवेदन परेको कम्पनीका बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले जानकारी दिएको छ।

कम्पनीका अनुसार आज साँझसम्ममा १३ लाख ८ हजार ५४४ जना आवेदकबाट १ अर्ब ७५ करोड ३ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले माग गरकेको भन्दा कम्पनीको आइपीओमा २३ दशमलव ५२ गुणा बढीको आवेदन परेको छ।

कम्पनीले पाँच (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २ प्रतिशत (१६ हजार कित्ता) सशेयर कर्मचारीलाई सुरक्षित गरेको छ । बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।कम्पनीकोे आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीको बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*