थप २४३३ जना कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

१० भाद्र २०७८, बिहीबार १७:३२

काठमाडौं । आज देशभरमा थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले गरेको नियमित ब्रिफिङ अनुसार ९ हजार ७०२ जनामा पीसीआर परीक्षण गर्दा २ हजार ५२ जनामा र ४ हजार ६७२ एन्टिजेन परीक्षण गर्दा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २४ पुग्दा निको हुनेको संख्या १ हजार ९२९ रहेको छ । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*