९ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज कमाउने र गुमाउने कम्पनी

१० भाद्र २०७८, बिहीबार १५:२३

काठमाडौं । साताको अन्तिम दिन आज पूँजी बजारमा नेप्सेमा सुचिकृत २३२ कम्पनीको २ करोड १६लाख ९० हजार ५८५ कित्ता शेयर किनबेच हँुदा करिब साढे १३ अर्बको कारोबार भएको छ ।

आज नाराणनी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेशोवरी मर्चेन्ट बैंक, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट, कर्पोरट डेभलपमेन्ट बैंक, आँखु खोला परियोजना, घलेम्दी हाईड्रो र जीवन विकास लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ ।

साथै खानीखोला हाईड्रोपावर, सनराइज पावर डेभलपमेन्ट र दिव्यश्वरी हाईड्रोपावरको सर्किट लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफल भएका छन् ।

आज गुमाउने कम्पनीहरुमा गुडविल फाइनान्सको ३.९५ प्रतिशत अकं, सिटिजन म्युचुअल फण्डको ३.४४ प्रतिशत अकं, लाइफ इन्स्योरेन्सको ३.३३ प्रतिशत अकं र शिवम् सिमेन्टको २.३० प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*