सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुल्ला एक्सचेञ् बीच रेमिट्यान्स सम्बन्धी सम्झौता

१० भाद्र २०७८, बिहीबार १४:११

काठमाडौं । कुवेतको अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुभारम्भ भएको छ।दुई रेमिट्यान्सबीच सम्झौता भएसँगै कुवेतमा रहेका नेपालीले अल मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ । साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाईल वालेटमा लोड गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*