स्वालम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

१० भाद्र २०७८, बिहीबार १२:२५

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी आशिष राज पाण्डेको नाममा रहेको १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ६७५ तोकिएको छ । आवेदकले सो शेयर खरिद गर्दा सो वा सो मूल्य भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफुले खरिद गर्न चाहेको शेयर संख्या र दर उल्लेख गरी कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौंमा रितपूर्वक आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित नियम अनुसार अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*