एनआईबिएल समृद्धि फण्ड १ ले गर्यो इकाईधनीको बैंक खातामा लाभांश जम्मा

१० भाद्र २०७८, बिहीबार १२:१४

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ ले बुधबारबाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको जानकारी गराएको छ। फण्डले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

फण्डले नगद लाभांश वितरण गर्न श्रावण २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । जसका कारण साउन २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*