मर्जरमा जाने प्रक्रियामा रहेका लघुवित्तले खुद्रा कारोबारको अनुमति पाउने

१० भाद्र २०७८, बिहीबार १२:०८

काठमाडौं । अब मर्जरमा जाने प्रक्रियामा रहेका लघुवित्तहरुले खुद्रा कारोबारको अनुमति पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको लागि परिपत्र जारी गर्दै नयाँ व्यवस्था जारी गरेको हो ।

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने नयाँ व्यवस्था ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*