लक्ष्मी लघुवित्तद्धारा २ पदका लागि कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

१० भाद्र २०७८, बिहीबार १२:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले २ पदका लागि कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ठ अधिकृत (शाखा प्रमुख) का लागि स्नातक उर्तिण वा बैंक तथा वित्तीय संस्थामा ५ बर्ष कार्य गरेको र कनिष्ठ सहायक (फिल्ड सहायक) का लागि प्ल टू उर्तिण प्रदेश १ र २ का स्थायी बासिन्दा माग गरेको हो ।

इच्छुक योग्यता पुगेका व्यक्तिले सम्पूर्ण कागजात सहित भदौ ३० गते भित्र लघुवित्तको इमेल तथा संस्थाको शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*