पुँजि बजारमा चार करोड ऋणको सीमाः ‘ठूला लगानीकर्ताको हात खुट्टा बाँध्ने काम भयो’, ‘धेरै पेनिक हुदैन, धैर्य गरौं’

१० भाद्र २०७८, बिहीबार ०६:५२

काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्न ल्याएको एकीकृृत निर्देशिकाले ठूला लगानीकर्तालाई बैंकबाट ऋण लिन पाउने सीमा प्रतिव्यक्ति चार करोडको सीमाभित्र बाँधेपछि शेयर बजार हलचल मच्चिएको छ । उक्त निर्देशिका आएको पहिलो दिन बजार ४८ अंकले गिरावट आएको छ ।

नयाँ व्यवस्थाले लगानीकर्ता धेरै पेनिक नभएको र यसले ठूलो असर नगर्ने लगानकर्ता मध्येकी एक संरक्षणा चौधरी बताउँछिन् । नेपाल पुँजि बजार संघकी अध्यक्ष समेत रहेकी चौधरीले नयाँ नयाँ युवाहरुलाई पनि अवसर दिने गरी एकीकृत निर्देशिका आएकोले ठूलो असर पर्न नसक्ने उनको धारणा छ । विगतमा पनि शेयर बजारलाई तल झार्न गर्न ठूला ठूला प्रयासहरु भएकोमा ति सबै प्रयासहरुलाई असफल पार्दै अघि बढेको स्मरण गर्दै चौधरीले नयाँ व्यवस्थाले केही केहीलाई असर गरेपनि समग्रमा असर नगर्ने बताईन् ।

चौधरीले लगानीकर्ताले खुलेर शेयर खरिद गर्ने अवस्थाको अन्त्य भएको बताईन । उनले भनिन्, ‘शेयर बजारलाई चलायमान बनाउने ठूला लगानीकर्ता ने हुन्, उनीहरुलाई निरुत्साहित पार्न खोजेको देखियो ।’

चौधरी मात्रै होइन, धेरै लगानीकर्ता नयाँ व्यवस्थाले पुँजि बजारलाई खासै असर नगर्ने अन्य केही लगानीकर्ताहरुले पनि पुँजि बजारमा खासै ठूलो असर गर्छ जस्तो नलागेको धारणा राख्न थालेका छन् ।

लगानीकर्ताहरु खासै असर नगर्ने बताए पनि बुधबार ठूलो मात्रामा शेयर मूल्य घटेपछि भने लगानीकर्ताहरु शसंकित बनेका छन् । नेपाल पुँजि बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल भने एकीकृत निर्देशिकाले पुँजि बजारमा ठूलो असर गर्ने बताईन् । पुँजि बजार चलायमान बनाउने नै लगानीकर्ताहरु भएको र उनीहरुको हात र खुट्टा बाँधेर राख्ने काम अहिलेको एकीकृत निर्देशिकाले गरेको बताईन् । नेतृ पोख्रेलले आफू सम्बद्ध २० जना भन्दा बढि लगानीकर्ताले अबदेखि शेयर खरिद गर्न नसक्ने बताउँदै पुँजि बजारमा दीर्घकालिन रुपमा ठूलो असर पर्ने बताईन् ।

तथ्याङ्कको आधारमा हेर्ने हो भने चार करोड र १२ करोडको सीमाले लगानीकर्तालाई खासै असर गर्ने देखिदैन । हालसम्मको तथ्याङ्क अनुसार ७२० जना लगानीकर्ताले जम्मा ३५ अर्ब रुपैयाँ विभिन्न २८ वटा बैंकबाट ऋण लिएको पाइएको छ । यदि उक्त तथ्याङ्क सही हो र १२ करोडको सीमालाई हेर्ने हो भने अझै अर्बो रुपैयाँ बैंकबाट ऋण लिन पाउने देखिन्छ । यद्यपि अर्बौ रुपैयाँ ऋण लिएर कारोबार गर्ने केही लगानीकर्ताहरुलाई असर परेको अपवाद बाहेक समग्रमा असर पर्ने नदेखिदा लगानीकर्ताहरुले धेर्यतापूर्वक कारोवार गर्नुपर्ने हुन आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*