नेकपा एमाले औपचारिक रुपमा विभाजित, माधव नेपाल समुहले आयोगबाट बुझे नयाँ पार्टीको प्रमाणपत्र

९ भाद्र २०७८, बुधबार २१:३८

काठमाडौं । नेकपा एमाले आजबाट औपचारिक रुपमा विभाजित भएको छ । निर्वाचन आयोगले नव गठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको मान्यता सहित माधव नेपाल समुहलाई प्र्रमाणपत्र प्रदान गरेको छ । आयोगका सचिव सुरेश अधिकारीको हस्ताक्षर भएको प्रमाणपत्र नव गठित पार्टीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई १६६ नम्वरको राजनीतिक दलको रुपमा मान्यता दिएको छ । निर्वाचन आयोगको निर्णयसँगै केपी ओली नेतृत्वको नेकपा एमाले औपचारिक रुपमा विभाजन भएको छ । नयाँ पार्टीमा राष्ट्रिय सभा र प्रतिनिधि सभा समेत गरी कूल ३४ सांसद छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*