१८ निर्जिवन बीमा कम्पनीको मुनाफा वृद्धि खुम्चियो, १२ प्रतिशतको वृद्धिदर ३ प्रतिशतमा सीमित

९ भाद्र २०७८, बुधबार १८:०९

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ६२ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । दुई विदेशी शाखामा रहेको दि ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनीले भने चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार गत आवमा बीमा कम्पनीहरूको नाफा औसत्मा ३ दशमलव ५१ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक बर्षको तुलनामा बीमा कम्पनीहरूको नाफा बढेपनि वृद्धिदर भने खुम्चिएको छ । अघिल्लो आवमा कम्पनीहरूको नाफा १२ दशमलव ४१ प्रतिशतले बढेको थियो । तर यसपटक निर्जिवन बीमा कम्पनीहरुको मुनाफा वृद्धिदर खुम्चिएर ३ दशमलव ५१ प्रतिशतमा सीमित भएको छ ।कोरोना महामारीका कारण बीमा व्यवसाय प्रभावित हुँदा नाफा वृद्धिदर खुम्चिएको बीमा कम्पनीका अधिकारीहरु बताँउछन् ।

गत आर्थिक बर्षको चौथौ त्रैमासको अन्त्यसम्ममा नेको इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी मुनाफाको आधारमा अगाडि रहेको तथ्याङ्कले देखाएको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अन्त्यसम्ममा ५४ करोड ६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले शिखर इन्स्योरेन्सलाई टक्कर दिँदै अग्रस्थानमा उक्लन सफल भएको छ।

निर्जिवन बीमा कम्पनीहरुमध्ये प्रथम स्थान हासी गर्दै आएको शिखर इन्स्योरेन्स दोस्रो नम्बरमा पर्न गएको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४७ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो ।
कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ४७ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । तेस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा ४५ करोड १५ लाख नाफा आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक बर्षके चौथौ त्रैमासको अवधिसम्ममा अजोड इन्स्योरेन्स कम्पनीले ९ करोड ५२ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ९ करोड रुपैयाँ र युनाईटेड इन्स्योरेन्स कम्पनीले ७ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा तीन कम्पनीको अवधिसम्ममा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको नाफामा गिरावट आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*