एनआईसी एशिया लघुवित्तको शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

९ भाद्र २०७८, बुधबार १७:३४

काठमाडौं । एनआईसी एशिया लघुवित्तले कर्मचारीहरुलाई शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ।कम्पनीले लुम्बिनी प्रदेश र कर्णाली प्रदेश अन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा समेत गरी २५० जनाभन्दा बढी कर्मचारीहरुलाई शाखा व्यवस्थापन सम्बन्धि तालिम दिएको हो ।

लघुवित्तका कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगाना, व्यवसाय प्रवद्धर्न विभागका राकेश श्रेष्ठ र कर्जा विभागका रमेश खनालले कर्मचारीहरुलाई तालिम प्रदान गरेको थियो ।

तालिममा व्यवसाय विस्तारका रणनीतिहरु, शाखा तथा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तरीयता, समूह प्रवेश पूर्व तालिम र कर्मचारी उत्प्रेरणा लगायतका विषयवस्तुहरु प्रशिक्षण सम्बन्धी जानकारी दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*