शेयर बजार आतंकित, एकै दिन ४८ अंकले घट्यो नेप्से, कारोबार १२ अर्वमा सीमित

९ भाद्र २०७८, बुधबार १५:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको एकीकृत निर्देशिकाको कारण पुँजि बजारमा आतंक फैलिएको छ । जसको प्रत्यक्ष असर पुँजि बजारमा परेको छ । बुधबार एकै दिन नेप्से ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ । ३२०० भन्दा माथि पुगेको नेप्से दोस्रो दिन लगातार भारी अंकले गिरावट आएको हो ।

आज सबै उप समुह राताम्ये बनेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमा समुहको २.८४ र विकास बैंक समुहको २.८१ प्रतिशतले घटेको छ । बुधबार कूल एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर १२ अर्ब नौ करोड २१ लाख तीन हजार ५०४ रुपैयाँमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*