मानुषी लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

९ भाद्र २०७८, बुधबार १३:२८

काठमाडौं । मानुषी लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भईसकेको छ।

नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३ सय ९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

मानुषी लघुवित्त वित्तीय संस्था कम्पनी ऐन २०६३ तथा बैंक तथा वित्तीय संस्था ऐन २०७३ अन्तर्गत स्थापित संस्था हो । लघुवित्त २०७५ असार १० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । लघुवित्तले २०७५ असोज २५ गतेदेखि नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको लागि अनुमति पाएर २०७५ मंसिर १ गतेदेखि कारोबार सुरु गरेको थियो ।
संस्थाले आर्थिक वर्ष २०७९/८० सम्ममा प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ २५ पैसा र प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८४ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*