भायानेट र एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक

९ भाद्र २०७८, बुधबार १३:१४

काठमाडौं । भायानेट र एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुने भएको छ । आगामी बिहीवार यी दुई कम्पनीले आफ्ना ग्राहकका लगि एक विशेष अफर घोषणा गर्ने तयारी गरेका छन् ।

ग्राहकहरू एकअर्काको सम्पर्कमा रहिरहुन् भन्ने उद्देश्यका साथ विशेष अफर ल्याउन लागिएको कम्पनीले जनाएको छ। अफर अन्तर्गत कुन कुन योजना सार्वजनिक हुनेछ भन्ने विषय भने खुलाइएको छैन ।दुई कम्पनीबीचको सहकार्यमा ग्राहकका लागि निःशुल्क सेवासहितका आकर्षक सुविधाको घोषणा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*