न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा साढे ७ लाखको आवेदन

९ भाद्र २०७८, बुधबार १२:५५

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा ७ करोड ५४ लाख ३९ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले भदौ १ गतेदेखि संस्थापक शेयरधनी तथा प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो ।

कम्पनीको शेयरमा ८ दिनमा ३ हजार १ सय २२ जना आवेदकहरूबाट ७ लाख ५४ हजार ३ सय ९० कित्ताका लागि आवेदन माग भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल लिमिटेडले जनाएको छ ।

जसमध्ये आयोजना प्रभावित १ सय ६८ वटा आवेदनबाट १ लाख ४८ हजार ८३० कित्ताका लागि र २ हजार ९५४ जना लमजुङ्गबासीहरुबाट ६ लाख ५ हजार ५६० कित्ताको माग भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*