तोलामा ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

९ भाद्र २०७८, बुधबार ११:१९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सयले घटेको छ । हिजो सुनको मूल्य तोलामा ५ सय बढेकोमा आज ३ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ र तेजाबि सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ र तेजाबि सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, हिजो १ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १० रुपैयाँले बढेर तोलामा १ हजार २१० रुपैया कायम गरिएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*