स्वालम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरि दिने आवेदन ?

९ भाद्र २०७८, बुधबार १०:५९

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी गौरी श्रेष्ठको नाममा रहेको १ हजार १९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

श्रेष्ठले आफ्नो नाममा कायम उक्त शेयर बिक्री गर्न निवेदन दिएकोमा संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ७०१ रुपैयाँ तोकेको छ । आवेदकले सो शेयर खरिद गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरीइ आवदेन दिनुपर्नेछ ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौंमा आफुले खरिद गर्न चाहेको शेयर संख्या र दर उल्लेख गरी रितपूर्वकको निवेदन पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कसैको निवेदन प्राप्त नभएको खण्डमा नियमअनुसार अन्य व्यक्ति/संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने संस्थाले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*