मौद्रिक नीतिमार्फत शेयर बजारका ठूला खेलाडीहरु ऋणको सीमा तोकियो, के होला त असर ?

९ भाद्र २०७८, बुधबार ०७:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको मौद्रिक नीतिको एकीकृत निर्देशिकामा शेयर बजारका ठूला खेलाडीहरुलाई असर गर्ने गरी ऋणको सीमा तोकिएपछि शेयर बजारमा चर्चा र बहस जारी छ । नयाँ व्यवस्था अनुसार एउटा व्यक्तिले एउटा बैंकबाट बढिमा चार करोड र सबै बैंकहरुबाट जम्मा १२ करोड रुपैयाँ मात्रै ऋण लिने पाउने व्यवस्था गरेको छ ।

सो व्यवस्था अनुसार अब शेयर कारोबारीहरु ऋण्णको निश्चित सीमाभित्र बस्नुपर्ने भएको छ । यस्तो व्यवस्थाले शेयर बजारका ठूलो खेलाडीहरुले एउटै व्यक्तिको नाममा करोड रुपैयाँ ऋण लिएर शेयर कारोबार गर्न नपाउने भएका छन् । अनुत्पादक क्षेत्रमा बैंकको लगानी नियन्त्रण गर्ने उद्देश्यले अघि बढाइएको यस्तो योजनाले लगानीकर्ताहरुलाई खासै फरक पार्ने छैन । ठूला खेलाडीहरुले आफूले मात्रै शेयर कारोबार नगर्ने, विभिन्न व्यक्तिका नाममा शेयर कारोबार गर्ने हुँदा ऋण समेत अन्य व्यक्तिका नाममा लिन समस्या नहुने र बैंकहरुसँग सजिलै सेटिङ गर्ने हुँदा एकीकृत निर्देशिकाले शेयर कारोबार खासै प्रभावित होला जस्ता देखिदैन ।

अर्कोतर्फ तथ्याङ्कलार्ई नै हेर्ने हो भने पनि हालसम्म ७२० जना ऋणीले हालसम्म ३५ अर्बभन्दा बढि ऋण लिइएको बैंकर्स संघले जनाएको छ । सो तथ्याङ्कलाई आधार मान्ने हो भने २८ अर्बभन्दा बढि ऋण लिन पाउने ठाउँमा ३५ अर्ब लिएकोमा एक वर्षभित्रमा त्यस्तो ऋणको सीमा २८ अर्बको सीमाभित्र राख्न पाउने हुँदा तत्काल शेयर बजारमा ठूलो हलचल हुने देखिदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*