काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बियो, ८ बजेपछि सवारी साधन संचालनमा लगाइएको प्रतिबन्ध हट्यो

८ भाद्र २०७८, मंगलवार १७:२४

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाको अवधि थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयअनुसार उपत्यकामा निषेधाज्ञा भदौ १६ गतेसम्म थप गरिएको हो ।

मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बसेको बैठकले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाहरुको पछिल्लो अवस्था हेरेर जारी निषेधाज्ञा कायम गर्ने निर्णय गरेको हो ।

त्यस्तै यसअघि राती ८ बजेपछि अत्यावश्यक बाहेकका सवारी साधन संचालनमा लगाएको प्रतिबन्धलाई भने हटाएर खुला गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*