नेप्से ५५ अंकले घट्दा पनि १६ अर्ब माथिकै कारोबार, अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक

८ भाद्र २०७८, मंगलवार १५:१९

काठमाडौं । चार दिनको बन्दपछि आज पूँजी बजार घटेको छ । मंगलबार नेप्से परिसूचक ५५ दशमलव ८९ अंकले घटेर ३१२५ दशमलव शुन्य १ विन्दुमा कायम भएको छ ।

आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ५९ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये आज दुई समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज वित्त समूह र निर्जीबन बीमा समूहमा मात्र हरियाली छाएको छ । सर्वाधिक निर्जीबन बीमा समूहमा ११२.८ अंकले बृद्धि भएको छ ।
त्यस्तै, सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ७५ करोड ४३ लाख ३३ हजार ७२३ रुपैयाँको कारोबार भएको हो ।

आज गुर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने १७ वटा कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*