सनराइज फर्स्ट म्युचुअल फण्डले साधारण सभाका लागि बुकक्लोजको मिति तोक्यो

८ भाद्र २०७८, मंगलवार १३:४२

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले नगद लाभांश वितरणका लागि इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्न मिति तय गरेको छ । फण्डले प्रतिफल वितरण गर्ने प्रयोजनका लागि भदौ १६ गते बुकक्लोज गर्ने भएको हो ।

जसअनुसार नेप्सेमा भदौ १५ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले मात्र फण्डद्धारा प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन् । फण्डले आर्थिक बर्ष २०७७।०७८ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्न घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*