एनएमबि सरल बचत फण्डको १० करोड इकाई भदौ १७ गतेदेखि बिक्री खुल्ला

८ भाद्र २०७८, मंगलवार १२:४३

काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्डको १० करोड इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले भदौ १७ गतेदेखि उक्त इकाई निष्काशन गर्ने भएको हो ।

क्यापिटलका अनुसार सो इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गर्नेछ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक एमएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एमएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्काशन हुनेछ ।

उक्त इकाईमा आवेदन दिने अवधि छिटोमा भदौ २१ गतेसम्म रहेको छ र तोकिएको अवधिभित्र बिक्री भएको खण्डमा अवधि लम्बिएर भदौ ३१ गतेसम्म थपिने क्यापिलटले जनाएको छ ।

इच्छुक लगानीकर्ताले उक्त इकाईमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्वा सेवाका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् ।

उक्त इकाईको बिक्री प्रबन्धकका रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*