कालिका लघुवित्तद्धारा ७ पदका लागि कर्मचारी माग, एसइई उर्तिणलाई अवसर

८ भाद्र २०७८, मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रिय कार्यालय तथा शाखा कार्यालयका लागि ७ पदमा कर्मचारी माग गरेकोे हो ।

संस्थाले बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी मागेको हो । उक्त पदका लागि एसइई उर्तिण देखि स्नातकोत्तर तह उर्तिणसम्मको शैक्षिक योग्यता हुनुपर्ने संस्थाले जनाएको छ ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले सम्पूर्ण कागजात खुलाई भदौ २२ गतेसम्म संस्थाको केन्द्रीय कार्यालय कास्की पोखरा बुद्धचोक तथा संस्थाको इमेल [email protected] मार्फत आवेदन दिन सकिने छ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

2 thoughts on “कालिका लघुवित्तद्धारा ७ पदका लागि कर्मचारी माग, एसइई उर्तिणलाई अवसर

  1. Krishna kachhadiya says:

    I m interested job vancancy good job Application my favorite mero job khajdaexu.

  2. सुखल महरा चमार says:

    आवेदन कसरी दिने हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*