मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

८ भाद्र २०७८, मंगलवार १०:०५

काठमाडौं । मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फाइनान्सको लिलामी शेयरमा आज बैंकिङ् समयसम्ममा आवेदन दिन पाउनेछ ।

फाइनान्सले साउन १४ गतेदेखि १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

शेयर खरीद गर्दा बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ताको लागि आवेदन गर्नु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको छ । आवेदन बुझाउन स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*