नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुको चौथौ त्रैमास यस्तो देखियो, शिखरलाई उछिन्दै नेको अग्रस्थानमा

७ भाद्र २०७८, सोमबार १७:४६

काठमाडौं । नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्सेमा सूचीकृत १८ जीवन बीमा कम्पनीमध्ये नेको इन्स्योरेन्सले चालु अर्थिक वर्षको चौथो त्रैमाससम्ममा उत्कृष्ट कम्पनी बन्न सफल भएको छ। गत आर्थिक बर्षको अन्त्यसम्मा खुद बीमाशुल्क र खुद नाफाको आधारमा शिखरलाई उछिन्दै नेको पहिलो बनेको हो ।

सबै भन्दा धेरै खुद बीमाशुल्क र खुद नाफाको आर्जन गर्नेमा नेको इन्स्योरेन्स पहिलो बनेको छ भने नेप्सेमा भर्खरै सूचीकृत सानिमा जनरलले सबै भन्दा कम खुद बीमाशुल्क आर्जन गरेको छ । खुद नाफा आधारमा युनाइटेड इन्स्योरेन्सको सबै भन्दा कम हरेको छ । यस अवधिमा युनाईटेडले ७ करोड ५२ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गर्न सफल भएको छ ।

शिखर इन्स्योरेन्सको चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको छ भने सबैभन्दा कम सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको २६ करोड रुपैयाँ मात्रै छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको अघिल्लो आर्थिक बर्षको लेखाजेखा सम्बन्धी विवरण पेश गर्न बाँकि रहेको कारण कम्पनीले चुक्ता पुँजी बढाउन सकेको छैन ।

हाल संचालनमा रहेको २० निर्जिवन बीमा कम्पनीमध्ये नेप्सेमा सूचीकृत १८ कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ११ अर्ब ७६ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।

बीमापोष्टले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा नेप्सेमा सूचीकृत निर्जिवन बीमा कम्पनीहरुको छ वटा शिर्षकमा गत आर्थिक वर्षको तथ्याङ्क विश्लेषणको क्रममा शिखर इन्स्योरेन्स चुक्ता पुँजि र कूल बीमा शुल्क आर्जन दुई वटामा उत्कृष्ट देखिएको छ भने नेको इन्स्योरेन्स खुद बीमा शुल्क आम्दानी र मुनाफा दुई वटा शिर्षकमा उत्कृष्ट बन्न पुगेको छ । त्यस्तै जगेडा कोष र बीमा कोषका आधारमा राष्ट्रिय बीमा कम्पनी उत्कृष्ट देखिएको छ ।

बीमा पोष्टले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा नेप्सेमा सूचीकृत निर्जिवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा गरेको तुलनात्मक अध्ययन यस्तो छ :

खुद बीमाशुल्क र र खुद नाफा आर्जन को आधारमा

नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमध्ये खुद बीमाशुल्क र खुद नाफा आर्जनको आधारमा नेको इन्स्योरेन्स अगाडि रहेको तथ्याङ्कले देखाएको छ।कम्पनीले शिखर इन्स्योरेन्स कम्पनीलाई पछि पार्दै खुद बीमाशुल्क र खुद नाफा आर्जनको आधारमा आफुलाई अब्बल सावित गरेको हो ।

कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा १ अर्ब ६३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

शिखर इन्स्योरेन्सले सबै भन्दा धेरै ३ अर्ब ९७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेपनि खुद बीमाशुल्क र नाफामा भने नेकोले उछिनेको हो । यस अवधिमा शिखरले १ अर्ब २३ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल् र ४७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, यस त्रैमासको अवधिसम्ममा सबै भन्दा कम नाफा कमाउनेमा युनाईटेड इन्स्योरेन्स रहेको छ । युनाईटेडले यस अवधिमा ७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

जगेडा र बीमा कोषको आधारमा

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा रकम सबैभन्दा बढी रहेको छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब १४ करोड रुपैयाँ र बीमा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ रुपैयाँ रकम संचित रहेको छ ।
त्यस्तै नेको इन्स्योरेन्सको जगेडा कोषमा ७० करोड ५ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब ११ करोड रुपैयाँ सञ्चित रहेको छ । शिखर इन्स्योरेन्सको जगेडा कोषमा ५७ करोड २० लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ सञ्चित रहेको छ ।जगेडाकोष कम हुनेमा जनरल इन्स्योरेन्स र बीमा कोष कम हुनेमा सानिमा जनरल रहेको छ ।

प्रतिशेयर आम्दानी र नेटवर्थको आधारमा

नेप्सेमा सूचीकृत कम्पनीमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी एक सय ३५ रुपैयाँ १३ पैसा र प्रतिशेयर नेटवर्थ एक हजार २८० रुपैयाँ ८१ पैसा रहेको छ ।

सगरमाथा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ४ पैसा रहेको छ ।
सबैभन्दा कम प्रतिशेयर आम्दानी युनाईटेड इन्स्योरेन्सको रहेको छ भने प्रतिशेयर नेटवर्थ जनरल इन्स्योरेन्सको रहेको छ ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै अर्थात १४९ दशमलव ४९ गुणा बढी छ भने सगरमाथा इन्स्योरेन्सको सबैभन्दा कम ३६ दशमलव ७२ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*