थप १८०१ जनामा कोरोना सक्रमण पृष्टि, २४ जनाको मूत्यु

७ भाद्र २०७८, सोमबार १७:३५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जना र २ हजार ६२२ एन्टिजेन परीक्षण गर्दा २५३ जनामा संक्रमण पृष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर २४ जना संक्रमितको मूत्यु भएको छ भने १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*