एनसेल एक्जियटामाथि सरकारको कारवाही, एक अर्ब ११ करोड रुपैयाँ सर्वसारणलाई फिर्ता गर्न निर्देशन

७ भाद्र २०७८, सोमबार १७:३०

काठमाडौं । सर्वसाधारणको मोबाईल ब्यालेन्सबाट करोडौं रुपैयाँ अनाधिकृत रुपमा कट्टा गरी ठगी गरेको आरोपमा एनसेल एक्जियटामाथि सरकारले कारवाही गरेको छ ।

सरकारी सञ्चार माध्यम राससका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको हो ।

एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना जनाएको छ । बिना जानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको एक अर्ब ११ करोड २९ लाख ७६ हजार ८४९ बराबरको रकम तीन महिनाभित्र सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फिर्ता पठाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार एनसेल एक्जिएटाले ग्राहकको मञ्जुरीबिनै गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सेवा तथा प्याकहरू अटो रिन्यू (नवीकरण) हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरूसमेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरूले गुनासो गरेको आधारमा कारवाही गरी रकम फिर्ता गर्न निर्देशन दिइएको हो ।

विसं २०७५ असोज १५ गतेको पत्रमार्फत सो कम्पनीबाट सञ्चालित भ्यासअन्तर्गतका सेवाहरू अटो रिन्यू हुने गरेको पाइएको भन्दै प्राधिकरणले सो सेवा तत्काल बन्द गर्न दिइएको निर्देशन पालना नगरी करोडौं ठगी गरेको पाइएपछि प्राधिकरणले कारवाही गरेको हो ।

यद्यपि सेटिङमा प्राधिकरणले जम्मा ५० हजार रुपैयाँ मात्रै कारवाही गरेर एनसेललाई उन्मुक्ति दिने प्रयास गरेको छ । एक अर्ब ११ रुपैयाँ ठगी गरेको पुष्टि भइसकेपछि जम्मा ५० हजार रुपैयाँ मात्रै जरिवना न्यून भएको आरोप प्राधिकरणमाथि लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*