ज्योति लाइफ इन्स्योरेन्सद्धारा १४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

७ भाद्र २०७८, सोमबार १६:१०

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा वापतको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको छ । कम्पनीको विर्तामोड शाखाले मृतकको घरमै गएर उक्त बीमा दाबी वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीले मृतक आईतमाया मगरको नाममा ३ बर्षअवधिको म्यादी बीमा वापतको रकम उनको भचाई जीवन मगरलाई हस्तान्तरण गरेको हो । मृतक मगरको वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा मृत्यु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*