एक्सेल डेभलपमेन्ट बैंकको खुद मनाफामा आयो सुधार

७ भाद्र २०७८, सोमबार १६:०२

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा बैंकले चौथो त्रैमाससम्म १३ लाख ७० लाख रुपैया खुद मुनाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकको खुद नाफा १० करोड ३६ लाख ६२ हजार रुपैया रहेको थियो । हाल बैंकको चुक्ता पूजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैया रहेको सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

बैंकले गत आवमा ११ अर्ब ३९ करोड रुपैयाँ रहेको निक्षप संकलन गरी ९ अर्ब २० करोड रुपैया कर्जा प्रवाह गरेको छ । अघिल्लो बर्ष भने १० अर्ब १४ करोड ११ लाख ७४ हजार २०३ रुर्पैया निक्षेप संकलन गरी ७ अर्ब ८० करोड रुपैया कर्जा वितरण गरेको थियो ।

चौथो त्रैमाससम्म ४६ करोड ११ लाख ८० हजार ४५४ रुपैया खुद ब्याज आम्दानी गरेको बैंकमा ३ दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आवमा ४७ करोड ८ लाख ३७ हजार २३७ रुपैया खुद ब्याज आम्दानी रहेको बैंकमा २ दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा ७ दशमलव ५ प्रतिशत रहेको स्प्रेड दर गत आवमा ४ दशमलव ८४ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*