सिरहा जिल्लामा स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै, ६२ हजार बढीले गराए बीमा

७ भाद्र २०७८, सोमबार १५:१२

काठमाडौं । सिरहा जिल्लामा सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । सिरहा जिल्लामा ६२ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । स्वनस्थ्य बीमा बोर्डमा हालसम्म उक्त जिल्लाका ५७ हजार १८८ जना आवद्ध भईसकेका छन् ।

स्वास्थ्य बीमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिरहामा २८ हजार ९ सय ५७ पुरुष र ३३ हजार २ सय द३१ महिला गरी कूल ६२ हजार १ सय ८८ जनाले स्वास्थ्य बीमा गराएका छन् ।बीमा गराएकामध्ये हालसम्म सिरहामा करिब १२ हजार वीमितले विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिईसकेका छन् । स्वास्थ्य बीमाका फाइदाहरुको बारेमा बुझेर आफै बीमा गराउनेहरुको सङख्या बढ्दै गईरहेको सिरहास्थित दर्ता सहयोगी चौधरीले बीमा पोष्टलाई जानकारी दिएको छ।

त्यस्तै, विगत एक वर्षदेखि लागू भएको सप्तरीमा २४ हजार १ सय ८५ जनाले बीमा गराएको छ । सप्तरीमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा बीमितको नाम दर्ता गराउने क्रम सुरु गरेको थियो ।

पाँच जनाको परिवारले वार्षिक रुपमा प्रतिपरिवारले तीन हजार ५० सय रुपैयाँको प्रिमियम तिरे स्वास्थ्य उपचारबापत वार्षिक एक लाखसम्मको स्वास्थ्य उपचार गराउन पाइने व्यवस्था छ ।
पाँचभन्दा बढी सदस्य भएका परिवारका थप प्रति सदस्यले वार्षिक ७ सय रुपैयाँका दरले प्रिमियम तिर्नुपर्ने र सुविधा थैलीमा २० हजार थपिने व्यवस्था रहेको छ। स्वास्थ्य बीमा लागु भएको जिल्लास्थित वडाकार्यालयमा एउटा दर्ता सहयोगी खटाएको हुन्छ । उक्त दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा सम्बन्धी जानकारी लिई बीमा गराउन सक्ने व्यवस्था स्वास्थ्य बीमा बोर्डले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*