मैलुङ खोला हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

७ भाद्र २०७८, सोमबार १३:२६

काठमाडौं । मैलुङ खोला हाइड्रोपावर कम्पनीले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने उत्सुकता शेयर पाउने शेयरधनीहरुको मनमा यतिबेला उब्जीरहेको छ ।

कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट ९५ रुपैयाँ ७५ पैसादेखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७६/७७ को वास्तविक नेटवर्थ ९५ रुपैयाँ ५ पैसा रहेकाले र नेप्सेले नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको आइपीओ नेप्सेमा सूचिकृत हुन बाँकी छ । सूचिकृत भएपश्चात भोलीपल्टदेखि नै कम्पनीको आइपीओ पूँजी बजारमा कारोबारमा आउने छ ।

कम्पनीले साउन १४ गतेदेखि १८ गतेसम्म ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुको लागि, ३६ हजार ८१४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओको बाँडफाँट साउन २६ गते भएको हो । २० लाख ६५ हजार १२४ जनाको आवेदक मध्येबाट ६८ हजार ४७४ जनाले १० कित्ताका दरले शेयर पाएका हुन् । जसमध्ये ५ जनाले भने थप १ कित्ता अर्थात् ११ कित्ता शेयर पाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*