सुनको मूल्य तोलामा २ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

७ भाद्र २०७८, सोमबार ११:४८

काठमाडौं । नेपाली बजारमा आज फेरी सुनको मूल्य उकालो लागेको छ । सोमबार सुनको मूल्य तोलामा २ सयले बढेको हो ।

नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैया र तेजाबि सुनको मूल्य ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य ९० हजार ९ सय रुपैया र तेजाबि सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, हिजो तोलामा १ हजार १८० रुपैयाँमा कारोबार भएको चादी आज १० रुपैयाले बढेर १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*