मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ७ हजार ४३ जनाको आवेदन रद्द

७ भाद्र २०७८, सोमबार ०९:२७

काठमाडौं । मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका छन् ।

कम्पनीको आईपिओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना सदर आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो ।

मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन खुला गरेको हो । जसमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीको लागि १९ हजार ६ सय ८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन हो। कम्पनीको आइपीओ नतिजा केहि बेर पछि सार्वजनिक हुने कम्पनीको बिक्रि प्रबन्धकले जानकारी दिएको छ ।

2 thoughts on “मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ७ हजार ४३ जनाको आवेदन रद्द

  1. Pancha tamang says:

    Mero k vayo hola 10 kita matra bhareko xu parxa ki vanne ash thiyo

  2. kamlesh kumar chaudhary says:

    BOIDvaneko ke ho si bujhin

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*