मानुषी लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन् शेयर ?

७ भाद्र २०७८, सोमबार ०६:१३

काठमाडौं । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड आज हुँदैछ । उक्त आइपिओकाे प्रि अलटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो । आइपिओकाे बाडफाड बिक्रि प्रबन्धक एसबिआई क्यापिटलकाे कार्यालयमा आज बिहान ८ः ३० बजे हुने जनाएको छ ।

कम्पनीले निष्काशन गरेको बाँडफाँडमा ३६ हजार ८५९ जनाले मात्र शेयर पाउनेछन् । आईपीओमा कुल २४ लाख ३ हजार ५५ वटा आवेदन परेको छ । यसअनुसार कुल आवेदकमध्ये २३ लाख ६६ हजार १९६ जना (९८.४७ प्रतिशत) को हात भने खाली हुनेछ । बाँकी १ दशमलव ५३ प्रतिशतले मात्र गोलाप्रथाबाट शेयर पाउनेछन् ।

बाँडफाँडमा ३६ हजार ८५९ जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर वितरण हुनेछ । यसरी बाँडफाँड गरी बाँकी रहेको ३ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाउनेमध्ये फेरि गोलाप्रथा गरी ३ जनालाई १/१ कित्ताका दरले वितरण हुनेछ । कम्पनीको शेयरमा ३६ हजार ८ सय ५६ जनाले १० कित्ताका दरले र ३ जनाले ११ कित्ताका दरले शेयर पाउनेछन् ।

लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्कासन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*