कर्णालीका कृषकले सेञ्चुरी कमर्सियल बैंकबाट ब्याजमा अनुदान पाउने

६ भाद्र २०७८, आईतवार १७:०४

काठमाडौं । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता भएको छ। बैंक र सहकारी मन्त्रालयबीच कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र मन्त्रालयले ब्याजमा अनुदान दिने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कृषि मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्र र सेञ्चुरी बैंकका कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रबन्धक प्रवीनकुमार दाहालले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
मन्त्रालयको ‘व्यावसायिक कृषि तथा पशुपालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि, २०७६’ अनुसार कृषि कर्जामा ब्याज अनुदान दिन चालु आव ०७८÷०७९ मा बजेट विनियोजन गरिएसँगै बैंकसँग समझदारी गरिएको मन्त्रालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*