प्रोग्रेसिभ फाइनान्सको खुद नाफा १७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

६ भाद्र २०७८, आईतवार १६:१२

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ३ करोड ४९ लाख ९६हजार रुपैया खुद नाफा कमाएको थियो । कम्पनीको गत आर्थिक बर्षमा खुद नाफा १७.५९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको खुद ब्याज असार मसान्तसम्म १३ प्रतिशतले बढेर ७ करोड ९७ लाख १३ हजार रुपैया पुगेको छ ।

सोही अवधिमा कम्पनीको गैर सञ्चालन आम्दानीमा भने उल्लेखनीय सुधार भएको छ । कम्पनीले ४ करोड ३ लाख ४३ हजार रुपैया गैर सञ्चालक आम्दानी रहेको छ । प्रोगे्रसिभले २ अर्ब ९४ करोड रुपैया निक्षेप संकलन गर्दा २ अर्ब २३ करोड रुपैया कर्जा लगानी गरेको छ । कम्पनीको सञ्चालन नाफामा भने गिरावट देखिएको छ , असार मसान्सम्म कम्पनीको सञ्चालन नाफा ५९.६२ प्रतिशतले घटेर १ करोड ८४ लाख ६९ हजार रुपैयामा सीमित भएको छ ।

अहिले कम्पनीको चुक्ता पुंजी ८० करोड १ लाख, जगेडा कोष ४ करोड ७७ लाख ६८ हजार र रिटेन्ड अर्निङमा ४ करोड ६५ लाख ४० हजार रुपैया छ । प्रतिशेयर आम्दानी ५ रुपैया १४ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रुपैया २२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*