मानुषी लघुवित्तको आईपीओ बाँडफाँड भोलि हुने, २३ लाख बढी आवेदकको हात खाली

६ भाद्र २०७८, आईतवार १४:४७

काठमाडौं । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड भोलि हुने भएको छ । उक्त प्रि अलटमेन्ट भदौ ३ गते प्री–अलोटमन्टे सम्पन्न भएको थियो ।

कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले सोमबार बिहान ८ः ३० बजे क्यापपिटलको केन्द्रिय कार्यालयमा हुने जनाएको छ ।
लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि तीन लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

कम्पनीको आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ८३.१० गुणा धेरै हो । कम्पनीको आइपीओमा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् भने बाँकी २३ लाख बढी आवेदकको हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*