आइसीएफसी फाइनान्सको खुद नाफामा देखियो आकर्षक सुधार

६ भाद्र २०७८, आईतवार १४:३६

काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीले १९ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ९१ दशमलव १३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले १० करोड २६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

कम्पनीले यस त्रैमासको अवधिसम्ममा १५ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले १० अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ प्रतिसेयर आम्दानी १९ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ ४० पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*